पूर्वाधार वाच, काठमाडौं ।
ढुंगा तस्करले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवैध ढुंगाखानी सञ्चालन गरेका छन् । जुगल गाउँपालिका- ६को हगाम र बिशिंखर क्षेत्रमा तस्करले अवैध रूपमा ढुंगाखानी सञ्चालन गरिरहेको पाइएको हो ।
सार्वजनिक जग्गाबाट शुरु गरेको अवैध उत्खनन स्थानीयलाई थाहै नदिई स्थानीयको जग्गामा समेत अवैध उत्खनन गरिरहेको पाइएको छ । डिएस इन्डस्ट्रीज प्रालि नामक कम्पनीले अवैध रूपमा ढुंगा उत्खनन गरेर विक्री वितरण गरिरहेका छन् ।
ढुंगा तस्करले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवैध ढुंगाखानी सञ्चालन गरेका छन् । जुगल गाउँपालिका- ६ को हगाम र बिशिंखर क्षेत्रमा तस्करले अवैध रूपमा ढुंगाखानी सञ्चालन गरिरहेको पाइएको हो ।
सार्वजनिक जग्गाबाट सुरु गरेको अवैध उत्खनन स्थानीयलाई थाहै नदिई स्थानीयको जग्गामा समेत अवैध उत्खनन गरिरहेको पाइएको छ ।
डिएस इन्डस्ट्रीज प्रालि नामक कम्पनीले अवैध रूपमा ढुंगा उत्खनन गरेर विक्री वितरण गरिरहेका छन् । सार्वजनिक जग्गामा उत्खनन गरिरहेका कम्पनीले स्थानीयको जग्गामा समेत अवैध उत्खनन गरेपछि अहिले स्थानीयले विरोध गरेका छन् ।
स्थानीयका अनुसार अधिकांश स्थानीयको बिसौं रोपनी जग्गा कब्जा गरेरै दादागिरी शैलीमा ढुंगा उत्खनन भइरहेको बताइएको छ ।
यति सम्म कि कम्पनीले स्थानीय जग्गा धनीलाई थाहै नदिई रातारात करोडौँको ढुंगा उत्खनन गरिरहेका छन् तर सम्बन्धित निकाय मौन रहँदा आफूहरूको जग्गामा समेत अवैध खानी सञ्चालन भइरहेको स्थानीयको गुनासो छ ।
त्यसो त खानी नै सञ्चालन गर्ने नै हो भने स्थानीयको समेत सहमति चाहिन्छ तर स्थानीय जग्गा धनीलाई बेवास्ता गर्दै दादागिरी शैलीमा खानीसम्म स्थानीयकै जग्गाबाट मोटरबाटो लगिएको स्थानीय बताउँछन् ।
स्थानीयको जग्गा कब्जा गरेरै खानी सञ्चालन गरेपछि अब भने स्थानीय चुप नबस्ने बताएका छन् । यदि डिएस इन्डस्ट्रीजले दादागिरी र्शैलीमै प्रस्तुत हुने हो भने आफूहरू पनि सम्बन्धित निकायको ढोका सम्म जाने स्थानीयले बताए ।
आफ्नो जग्गामा भएको करोडौँको स्लेट ढुंगा अवैध तस्करी भएपछि जग्गा भएका स्थानीयहरूले विरोधको कार्यक्रम समेत गर्ने जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्