images
images
images

मधेश सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

images

पूर्वाधार वाच, जनकपुर । 

मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार ‘स्वास्थ्य’ बीमा गर्ने सम्झौता गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार ‘स्वास्थ्य’० बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशका पत्रकारहरूको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रूपैयाँको दुर्घटना तथा औषधि उपचार ‘स्वास्थ्य’ बीमा गर्न लागेको छ ।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बीमा गर्न लागिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको विशेष अनुरोधमा आम सञ्चार प्राधिकरणमार्फत पत्रकार स्वास्थ्य बीमा गर्न लागिएको उनले बताए । यो बीमालाई आगामी वर्षमा निरन्तरता दिँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा गरिने जानकारी दिए ।

यादवले प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि नै सञ्चार क्षेत्रमा नयाँ कामहरू गर्ने प्रयास निरन्तर जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्