images
images
images

काठमाडौंसहित देशभरको मौसम बदली, हिमाली जिल्लामा भोलि पनि हिमपातको सम्भावना

images

पूर्वाधार वाच, काठमाडौं ।

आज काठमाडौंसहित देशभरको मौसम बदली भएको छ । केही ठाउँमा हल्का वर्षा भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा चिसो बढेको हो ।
शुक्रबार साँझदेखि भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भोलिदेखि कमजोर हुँदै गएर मौसममा क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएका कारण देशभर मौसममा बद्ली भइ केही ठाउँमा वर्षा र हिमपात भएको हो ।

भोलि पनि हिमाली जिल्लाका थोरै स्थानमा हिमपातको सम्भावना छ । तराई तथा पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहे पनि भोलिदेखि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

सोमबारदेखि मौसम सफा हुने छ । अहिले कमजोर प्रणाली भित्रिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

अहिले विकसित भएको प्रणाली हटेपछि बिहान र बेलुका चिसो भने बढ्ने महाशाखाले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्