images
images
images

विकास निर्माणकाे काम वातावरणमैत्री ढंगले गराैं : उपप्रधानमन्त्री सिंह

images

पूर्वाधार वाच, साेलुखुम्बु ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनकाे असरबाट नेपाल प्रभावित भएकाे भन्दै अब प्रकृतिमैत्री ढँगले विकास निर्माणकाे काम गर्नुपर्ने बताउनुभएकाे छ ।

आइतबार साेलु दुधकुण्ड नगरपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिकाे प्रयाेग गरेर विकास निर्माणकाे काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।

`विकास निर्माणकाे काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएकाे छ । अब त्यही अनुसार विकास निर्माणकाे काम गर्नुपर्छ´ उहाँले भन्नुभयाे ,`घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा हाेस् वा विकास निर्माणकाे अरू काम गर्दा अब समय बमाेजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जाेगाउने हाे भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।´उहाँले प्रशासकीय भवन निर्माण भएपछि पालिकाकाे सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले पर्यटकिय हिसावले साेलुखुम्बु उत्कृष्ट गन्तव्य रहेकाे भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग साेलुखुम्बु आएकाे स्मरण गर्नुभयाे । ४० वर्ष अगाडी र अहिले हेर्दा आफूले साेलुखुम्बुमा विकास निर्माणकाे हिसावले धेरै परिवर्तन पाएकाे सिंहले बताउनुभयाे । अहिले व्यवस्था फेरियाे अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खाेजिएपनि यथार्थ त्यस्ताे नरहेकाे बताउनुभयाे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेकाे सरकारले काम गरिरहेकाे भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशाेधन गर्न लागिएकाे प्रष्ट पार्नुभयाे । `

संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहकाे सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशककाे तिता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयाे त्यसलाई हल गर्न संविधान संशाेधन गर्ने सहमति कांग्रेस-एमाले सरकार बन्दानै भएकाे हाे। त्यहीअनुसार अहिले छलफल अघि बढेकाे छ,´ उहाँले भन्नुभयाे । संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्ने सिंहकाे भनाई थियाे ।

उपप्रधानमन्त्री सिंहले शिलान्यास गर्नुभएकाे प्रशासकीय भवन पालिकाकाे आन्तरिक स्राेतबाट २ वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयाे । कार्यक्रममा रक्षा मन्त्री मानबहादुर राई पनि सहभागी हुनुहुन्थ्याे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्