पूर्वाधार वाच, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।
जसमा अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तरार्ष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्