पूर्वाधार वाच, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनको तयारी थालेको छ । त्यसका लागि कार्यदल नै गठन गरेर संशोधन मस्यौदा तयार पार्न लागेको हो ।
मन्त्रालयले ऐनमा संशोधन गर्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । कुन दफारउपदफारखण्ड संशोधन गर्नुपर्ने र त्यसको कारण प्रष्ट उल्लेख गरेर मन्त्रालयमा पेस गर्न भनेको छ ।
विद्यमान श्रम ऐन, २०७४ संशोधनका लागि श्रममन्त्री स्तरीय निर्णय गरेर संशोधन मस्यौदा तयार गर्न श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा रोजगारदाता र श्रमिक संगठनको प्रतिनिधि समेत सदस्य छन् ।
संशोधनका लागि सुझाव पेस गर्न इच्छुक व्यक्तिहरूबाट सुझाव माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्