पूर्वाधार वाच, चैनपुर ।
जिप दुर्घटना हुँदा बझाङमा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते एक बालिकाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
दुर्घटनाबारे थप विवरण संकलन गर्ने प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थल पुगेको प्रजिअ भट्टराईले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्