images
images
images

आज देशभरको मौसम सफा रहने

images

पूर्वाधार वाच, काठमाडौं ।

शनिबार देशभरको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।तराईका थोरै स्थानहरुमा हुस्सु लागेको अवस्था छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्