पूर्वाधार वाच, काठमाडौं ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुने र लेखापरीक्षक पनि नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभामा पेश हुनेछ ।
यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी ‘एचआइडीसीएल’को पनि आज ‘पुस २४ गते’ वार्षिक साधारण सभा बस्दैछ ।
सभा कार्की ब्यांक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पेश गर्दैछ ।
सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्