images
images
images

कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री मन्त्री प्रकाशमान सिंहले कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार नेवा: देय्: दबूयाले नेवा एकता दिवसको अवसरमाम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आ टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेवा समुदायभित्र विविधता भएपनि विविधिताभित्र एकता भएको उनको भनाई थियो । ‘भाषा, सँस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ । यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने,‘आफ्नो भेषभूषा,कलासँस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

त्यस्तै फरक सन्दर्भमा उनले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताए । संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे ।

‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’

कार्यक्रममा वक्ताहरुले संविधानले आदिवासी जनजातीलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए । सरकारलाई सुनाउनुपर्ने कुरा सुनाएका छन् । डेमोक्रेटिक सिस्टमले सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन् । यो नै यसको सुन्दरता हो । मैले गर्न सक्ने काम गर्छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्