images
images
images

सर्वोत्तम सिमेन्टको शेयरधनीलाई लाभांश

images

पूर्वाधार वाच, काठमाडौं ।

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पौष २६ गते अर्थात भोलि साधारण सभामा वितरण गर्नेछ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यो प्रस्ताव अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले भोलि शुक्रबार पौष २६ गते साधारण सभा बोलाएको छ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पौष १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पौष ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्