पूर्वाधार वाच, काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) दिने लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्