images
images
images

खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित

images

पूर्वाधार वाच, काठमाडौं ।

खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो ।

यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ । बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ । जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

बाँकी रहेका एयरपोर्टहरु चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्