images
images
images

मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस्

images

पूर्वाधार वाच, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र आह्वान गर्ने तयारी भएको जानकारी दिए ।

मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रूपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौं ।’

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्