images
images
images

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

images

पूर्वाधार वाच, काठमाडौ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बुधबार अमेरिकी डलरको भाउ एक पैसाले बढेको छ । आज डलर एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८३ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ ।

यसअघि मंगलबार यसको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसामा भएको थियो । आज युरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ०६ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

अघिल्लो दिनको तुलनामा यूरोको भाउ ३९ पैसाले बढेको छ । मंगलबार यूरो एकको खरिददर १४२ रुपैयाँ ६७ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

यसैगरी आज बेलायती पाउन्ड ४९ पैसाले बढेर यसको खरिदमूल्य १६९ रुपैयाँ १५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । सोमबार यसको खरिदमूल्य १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९६ रुपैयाँ १२ पैसा रहेको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ ।

यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १३ पैसा र बिक्रीदर ४५० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्