images
images
images

सवा २ करोडको लागतमा बन्यो प्रहरी चौकी भवन

images

पूर्वाधार वाच, काठमाडौं।

चितवनको रत्ननगर नगरपालिका ६ मा २ करोड २९ लाख ४३ हजारको लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ। नवनिर्मित तीन तले भवन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका थिए।

त्यस अवसरमा उनले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय गन्तव्य चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ को शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको बताएका थिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत उपस्थित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्