images
images
images

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’ (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा उक्त सुरुङको ब्रेक थ्रु गरिएको हो ।

यससँगै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ ।

ब्रेक थ्रु कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए । सो क्रममा सहभागीहरुले खुसीयाली मनाएका थिए ।

तस्बिरहरु…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्