images
images
images

साँफेबगरमा मातृभूमि जागरण अभियानको नगर तदर्थ समिति गठन (नामावलीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

अछामको साँफेबगरमा डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपालको नगर तदर्थ समिति गठन भएको छ । नगरस्तरीय भेलाले ढकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

सदस्यहरुमा आकाश कुँवर, सीता कुँवर, यदिन मियाँ, ललित नेपाली, साबित्री कुँवर, सूर्य विक, शान्ति जोशी, केहरी साउँद, आशा कुँवर, भगवती कुँवर, हर्क कुँवर, ठक्क कुँवर, पुरन कुँवर, कानु विक, वासमती भूल, तपेन्द्र दुवाल, शोभा नेपाली, लोग्शसी बोहरा, वीरेन्द्र बोगटी, बुद्धि कुँवर, मिना रावत, रमिता कुमाल, भीम रावल, दीपक बटाला रहेका छन् ।

नगर भेलाको प्रमुख अतिथि रहेका डा.भीम रावल आफूले एमालेमा देश विकास र समृद्धिको बाटोमा जाला भनेर गरिएको मेहनत र पसिना खेर गएको बताउँदै सर्वहारा नेपाली जनताको इच्छा चाहनालाई केपी ओलीले बुटले कुल्चेर सिध्याएको बताएका थिए ।

भेलामा तत्कालीन एमाले नेताहरु गोविन्द कुँवर, रमेश कुँवर, केशर मिया, प्रकाश शाह , रुपबहादुर शाही, सागर बाब्ली , दुधकला बिष्ट, हर्क कुँवर, सुशीला बोगटी, शंकर भुल, रतन रावल लगायतको सहभागिता थियो ।

यसैबीच नेकपा एमाले साँफेबगर नगर कमिटी र साँफेबगर नगरपालिका ६ भागेश्वर, चण्डिका र घुघुरकोटको नेकपा एमाले वडा कमिटी मातृभुमि जागरण अभियान नेपालमा समाहित भएको छ ।

अभियानका क्रमशः वडा, पालिका, क्षेत्रीय, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म समिति गठन हुने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्