images
images
images

मापदण्ड विपरीत रहेको चन्द्रपुर स्केट पार्क ‘शिल’ गरियो 

images

पूर्वाधार वाच, रौटहट ।

मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको भन्दै चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउसमा शिल गरिएको छ । चन्द्रपुर नगरपालिकाको टोलीले शनिबार अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएपछि शिल गरेको हो ।

स्केटिङ् हाउस दर्ता नरहेको, केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र बाल श्रमिक राखेको अनुगमनका क्रममा पाइएपछि शिल गरिएको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगरले बताए ।

उक्त स्केटिङ् पार्क हाउसमा एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट लागेको र सो घटनापछि चौतर्फी गुनासो आउन थालेपछि पालिकाले अनुगमन गरेको उनले जानकारी दिए । उनका अनुसार चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाको उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमन संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सो स्केटिङ् पार्क दर्ता समेत नभई सञ्चालनमा रहेकाले तत्काल शिल गरि आवश्यक प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष मगरले बताए । चन्द्रपुर ४ ले वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्य लाई तिब्रता दिएको उनले उल्लेख गरेका छन् ।

चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास रहेको बुझिएको छ । तर अनुगमनको समयमा उक्त स्थानमा नरहेको नगर उपप्रमुख जयमाला चौधरीले बताइन् ।

टेलिफोन सम्पर्कमार्फत अनुगमनको बारेमा जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत भनिएको छ । सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको र दुर्घटना निम्त्याउने खतरा बढेकाले शिल गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्