images
images
images

सडक विस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति 

images

 पूर्वाधार वाच, रौतहट । 

रौतहटको बौद्धिमाई नगरपालिका वडा नं. ८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ । बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो ।

सडक क्षेत्रमा रहेका केहीको घरगोठ  तथा परालको थुप्रो नगरपालिकाले हटाएको  छ तर स्थानीयहरूले भने नगरपालिकाले जबरजस्ती गरेको आरोप लगाएको छन् ।

नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई  जानकारी दिएर नै संरचना हटाएको बताए । पटक पटक सूचना दिँदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ ।

यस विषयमा पछिल्लो एक महिनादेखि विवाद हुँदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

उनले सो घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।  एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमि आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीबास नै लगाइदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्