images
images
images

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

images

पूर्वाधार वाच, जनकपुर ।

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो ।

आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ ।फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाखबढीको सामान जलेर नष्ट भएको बताएतापनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ ।

आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले आगलागी भएको स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्