images
images
images

विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी

images

पूर्वाधार वाच, रौतहट ।

पोलमा जडान गरिएको विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ ।

रौतहटको गौर नगरपालिका –१ स्थित दाल मिलको लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर खोलेरभित्र रहेका तामाको धातु चोरी गरी लगेको पाईएको हो ।

११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको स्थानीयले बताएका छन ।

ट्रान्सफर्मर चोरी भएको घटनाका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको छ । चोरीको प्रकृति हेर्दा विद्युत सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुन सक्ने उनको भनाइ छ ।

ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । शंकास्पद व्यक्तिहरूलाई खोजी कार्य गर्दै अनुसन्धान अघि बढाइएको उनले बताए ।

विद्युतको ट्रान्सर्फमरमा महँगो मूल्यको धातु तामा रहने गरेकोले चोर सक्रिय भएको हुन सक्ने स्थानियको अनुमान छ । यस अघि माधवनारायण र मौलापुर नगरपालिकामा पोलमा जडान गरिएको ट्रान्सफर्मर खोलर फालिएको अवस्थामा फेला परेको थियो ।

विगत केहीवर्ष यता रौतहटमा विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गइरहेको छ । विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गएपछि निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्