images
images
images

पाथीभरा केबलकार निर्माणका विषयमा गलत प्रचार गरियो : अध्यक्ष ढकाल

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारको अवसर सिर्जना गर्न सबै जना एक भएर नलागे सन्ततीहरु पछुताउने वातावरण रहेको बताएका छन् ।

विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्नतीहरु पछुताउने वातावरण बाहेक अरु केही हँुदैन ।’

उनले पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताए ।

उनले भने,‘बिकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकरात्मक प्रचार नगरौं । पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ । केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’

उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई वदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ‘केही मान्छेहरु आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन् । म अत्यन्तै चिन्तित छु । पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्