images
images
images

युनिलिभर नेपालको ४७ करोड ७८ लाख नाफा

images

पूर्वाधार वाच, काठमाडौंं ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनिलिभर नेपालले नाफा कमाएको छ । कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढ्दा नाफामा सुधार आएको छ । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष २ हजार ७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार ९७ रुपैयाँ ‘वार्षिक’ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि ४ हजार २१४ रुपैयाँबाट बढेर ४ हजार ६४१ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्