images
images
images

आज मौसम सफा रहने

images

पूर्वाधार वाच, काठमाडौंं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने छ ।

आज दिउँसो तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ । आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा केही बदली हुने देखिए तापनि अधिकांश क्षेत्रमा फेरि मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज मौसम सफा रहने अनुमान गरिएको छ । महाशाखाले तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा असर पर्नसक्ने चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्