images
images
images

नेपालमै पहिलो पटक ‘राष्ट्रिय निर्माण फेस्ट’ आयोजना गरिँदै

images

पूर्वाधार वाच, काठमाडौं ।

स्कूल सेवाले नेपालमा पहिलो पटक ‘राष्ट्रिय निर्माण फेस्ट’ को आयोजना गर्ने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी स्कुल सेवाले उक्त जानकारी दिएको हो ।

यस महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक सीप र प्रविधिलगायतको सचेतना जगाउनु रहेको स्कुल सेवाका सञ्चालक बताउँछन् ।

‘हरेका व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो । र, यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा हामीले गरेका छौँ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका अन्य इच्छुक व्याक्तिहरूले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मतसंभार सम्बन्धी महत्वपूर्ण छलफल अन्तरकृया हुनेछ ।

यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्