images
images
images

विद्युतको तार सर्ट भई १ घरमा आगलागी : लाखौंको क्षति, ५ चौपायाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

सर्लाही जिल्ला स्थित गए राती विद्युतको तार सर्ट भएर १ घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने ५ वटा चौपायाको जलेर मृत्यु भएको छ।

स्थानिय रामनगर गाँउपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विधुतको तार सर्ट भई सोमबार राती साढे ७ बजे आगलागी हुँदा घर पुर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर लत्ताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजार सहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन्।

घटनाको खबर लगत्तै  प्रहरी  चौकी खैर्वा बहुर्वाबाट असई बाल किशोर साहको कमाण्डमा १० जनाको टोली खटी गएर  प्रहरी र स्थानीयवासीको सहयोगमा १ घण्टा भित्रै  आगो पुर्णरुपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्