images
images
images

पर्यटन प्रवर्द्धन गर्न नेपालका पर्यटन व्यवसायीसँग अमेन भुटान टुर्स एण्ड ट्रेक्सको काठमाडौंमा जमघट

images

राजधानी वाच, काठमाडौं ।

नेपाल र भुटानबीच समेत पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको पद्धतिबारे जानकारी दिन व्यवसायीहरुबीच प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो ।

भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी दिने र नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले काठमाडौंमा आयोजित प्रवर्द्धन साँझ सफल भएको अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले बताए ।

काठमाडौंको दुसुति प्रिन्सेस होटलमा आयोजित प्रवर्द्धन कार्यक्रममा नेपालका ५ सय भन्दा बढी पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सहभागी थिए ।

नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको तामाङले बताए ।

अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानकै सबैभन्दा ठूलो निजी क्षेत्रको पर्यटन प्रवर्द्धन कम्पनी हो ।

तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण पनि नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।

सो अवसरमा भुटानको कला संस्कृति,त्यहाँको धार्मिक पर्यटन तथा भुटानी पर्यटन योजनाका बारेमा समेत जानकारी दिइएको थियो ।

भुटानका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने र नेपालबाट भुटानमा गरिने पर्यटन प्रवर्द्धनका उपायका बारेमा समेत सो अवसरमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्