images
images
images

अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

अछामको साँफेबगर नगरपालिका-१३ बाब्लामा मंगलबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मिखिरा नेपाली रहेको प्रहरीले जनाएको छ।

मृतक नेपाली घर नजिक झण्डै २०० मिटर दुरीमा रहेको बेडुलाको रुखबाट घाँस काट्ने क्रममा  लडेर घाईते भएकी थिइन् ।

उनलाई उपचारको लागि न्याय हेल्थ बयलपाटामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्