images
images
images

पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

images

पूर्वाधार वाच, सिमकोट ।

सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।

यसैबिच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको टेलिफोनमा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्