images
images
images

जलविद्युत लगानी तथा विकास कम्पनीको आम्दानी घट्यो, ६ महिनाका कमाई ५२ करोड २३ लाख रुपैयाँ

images

पूर्वाधार वाच, काठमाडौं ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । एचआइडीसीएलले ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हा । यो गत वर्षको यसैअवधिको तुलनामा ३०.६२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ७५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशतले घटेर ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको ग्राहकसँगको सम्झौता ९कन्ट्याक० बाट हुने आम्दानी पनि १ करोड २३ लाख रुपैयाँबाट घटेर ४७ लाख ३ हजारमा झरेको छ ।

२४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँबाट घटेर ४.२५ पैसा (वार्षिक) मा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्