images
images
images

निजामती कर्मचारी संगठनको मतदान आजै राती ११ बजेपछि, रेवन्त र भवानीबीच प्रतिस्पर्धा

images

पूर्वाधार वाच, काठमाडौं । 

नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ ।

नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यस पटक अध्यक्ष हुनुपर्ने अडानमा छन् ।

नेपालगन्जमा भएको १० औं महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।

उनले संगठनको भावी कार्य योजनासहित आफू अध्यक्षमा उम्मेदवारी रहेको सार्वजनिक गरिसकेका छन् ।

भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा छिन् ।

महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ ।

जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन् । यही भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

निर्वाचन तालिका अनुसार आजै राती ११:०० बजे पछि मतदान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्