images
images
images

इजरायल केयरगिभरमा काम गर्न जाने पहिलो ब्याचको भिसा प्रक्रिया पूरा

images

पूर्वाधार वाच, काठमाडौं ।

इजरायलमा केयरगिभर (सहायक कामदार)को काम गर्न जाने पहिलो ब्याचको भिसा प्रक्रिया पूरा भएको छ । पहिलो ब्याजमा १०० जना कामदार इजरायल जाँदैछन् ।

इजरायली दूतावासले पहिलो ब्याचका नेपाली सहायक कामदारलाई बधाई ज्ञापन गर्दै इजरायलमा उनीहरुको सुस्वास्थ्य र फलदायी बसाईको शुभकामना व्यक्त गरेको छ ।

इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरणको कार्यालयमा सन् २०२४ को अगष्टमा भएको चिट्ठा प्रक्रियाबाट कुल २ हजार ११२ उम्मेदवार ९१ हजार १५६ महिला र ९५६ पुरुष० छानिएका थिए । बाँकी १ हजार १ सय १२ जना पहिलो ब्याचले आफ्नो प्रक्रिया पूरा गरेपछि अघि बढ्नेछन् ।

नेपाल र इजरायलबीच सन् २०२० मा भएको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (जीटूजी) सम्झौताअनुसार यी कामदारलाई इजरायलमा जेरियाट्रिक होम र वृद्धाश्रमजस्ता दीर्घकालीन हेरचाह केन्द्रमा काम लगाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्