images
images
images

विद्युत् प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

images

पूर्वाधार वाच, सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् ।

विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई ‘मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु !’ भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।

घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–४ स्थित धारटोलमा भएको हो । प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन् ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए ।

सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।

घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए । त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्