पूर्वाधार वाच, काठमाडौं ।
गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।
मन्त्री लेखकले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छन् भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेका छन् ।
मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो । रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ ।
त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । तेह्रथुममा उपसचिव सीडीओ हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्