images
images
images

फास्ट ट्रयाक निर्माणको समयावधि थपिने

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं–तराई–मधेस द्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको समयावधि थपिने सम्भावना देखिएको छ।

नेपाली सेनाले आइतबार मुख्यालयमा आयोजना गरेको कार्यक्रममा द्रुतमार्ग निर्माणसम्बन्धी जानकारी दिँदै प्रमुख उपरथी कमलविक्रम शाहले असोज १२ र १३ गतेको भीषण वर्षाले निर्माण कार्य प्रभावित भएको बताए।

उनले खोकनाको जग्गा विवाद समयमै समाधान नभए निर्माणको समय थपिनु निश्चित रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाली सेनाले जिम्मा लिएको काम नगर्ने भन्ने कुरै हुँदैन। हामी दिनरात प्रयास गरिरहेका छौँ। तर, असोज १२ र १३ गतेको भारी वर्षाले काममा असर पारेको छ। प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन। साथै, रुख कटानमा बढी समय लागेकाले पनि निर्माणमा ढिलाइ भएको हो। खोकनाको जग्गा विवाद समयमै हल नभए फास्ट ट्रयाक निर्माणको अवधि बढ्ने निश्चित छ।’

नेपाली सेनाका अनुसार भीषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको भौगोलिक अवस्था नै परिवर्तन भएको छ। जसले निर्माण कार्यमा थप कठिनाइ पैदा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्