पूर्वाधार वाच, काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवैजना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर आजदेखि अवकाश पाउन लागेका हुन् ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा पोखरेल र डा सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई गरे । बिदाई कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताए ।
उनले भने, ‘अनुभव, दक्षता र क्षमताका आधारमा दुवैजनाले स्वास्थ्य क्षेत्रमा योगदान पु-याउनुभएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव र दक्षता आवश्यक परिरहन्छ ।’
सचिवद्वय पोखरेल र सिंह दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ ९१२औँ तह० मा बढुवा भएका थिए । डा. पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्