images
images
images

ताप्लेजुङको निषेधाज्ञा हटाइयो

images

पूर्वाधार वाच, ताप्लेजुङ ।

ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

जिल्ला सुरक्षा समितिको फागुन १३ मा बसेको बैठकको सिफारिसबमोजिम निषेध आदेश हटाइएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो ।

झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्