पूर्वाधार वाच, काठमाडौं।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।
सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्