images
images
images

आवश्यकता र औचित्यको आधारमा आयोजनाहरूलाई प्राथमिकता दिनुपर्छ : भौतिक मन्त्री दाहाल 

images

पूर्वाधार वाच, नुवाकोट।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरू लाई प्राथमिकता दिने बताएका छन्। अंतरदेशिय पहुँच स्थापित गर्ने, बढी जनसंख्यालाई लाभ हुने, गाऊँ र शहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनहरू प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

शुक्रवार नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न उनले आग्रह गरे ।
निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहीनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दाहालले तिनै तहका सरकार र नागरिकको सहकार्यले नै समृद्धिको यात्रा अघि बढाउन सकिने बताए । गल्छी-मैलुङ-स्याफ्रबेंशी सडक, पासाङल्हामु राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै अहिले देशभरिनै तीव्र गतिमा निर्माण कार्य भइरहेको बताए ।

अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघि बढाउन गठन भएको जनाउँदै उनले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको समेत बताए। विकासलाई समृद्धिसँग जोडेर लैजान जरुरी रहेको बताउनु भएका दाहालले विकासको प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरूले जिल्लमा अधूरा रहेका योजनाहरूलाई गति दिन माग गरेका थिए ।

मन्त्रालयमार्फत सिमचौर तथा त्रिशूली बजार स्थित त्रिशूली नदीमा निर्माण गरिएको पलको मन्त्री दाहालले उद्घाटन गरेका हुन्। निर्धारित समय अघि नै काम पूरा गरेको जनाउँदै निर्माण कम्पनीलाई सम्मान पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्