पूर्वाधार वाच, काठमाडौं ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।
निगमले भनेको छ, ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ‘फागुन १६, २०८१’ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल। पि। ग्यास रु। ६।२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ ९मिति २०८१/११/१७’को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु.१.०० ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल.पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्