images
images
images

रौतहटमा फेरि अर्का वडाध्यक्षको निधन

images

पूर्वाधार वाच, काठमाडौं ।

रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका- ४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामायिक निधन भएको छ ।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा

लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघी २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरुको निधन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्