images
images
images

सोलुखुम्बुको लिखुपिके गाउँपालिका भवनमा आगलागी

images

पूर्वाधार वाच, काठमाडौं ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी हुँदा गाउँपालिकाका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । आइतबार दिउँसो एक बजे विद्युत सर्ट भएर आगो सल्किएको गाउँपालिका अध्यक्ष मिना कार्कीले जानकारी दिइन् ।

‘विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ’, अध्यक्ष कार्कीले भनिन्, ‘आगलागी नियन्त्रणमा आए पनि पालिकाका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।’

अध्यक्ष कार्कीले गाउँपालिका भवनमा रहेका नापी, पूर्वाधार, रोजगार र जिन्सी शाखाका कागजपत्र जलेर क्षति भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्