पूर्वाधार वाच, काठमाडौं ।
राजधानीको थापाथली क्षेत्रमा खानेपानीको पाइपलाइन फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेको हो । पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन ।
थापाथली चोकबाट नर्भिक अस्पताल जाने ठाउँतिरको बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यस्तै सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको स्थानीयले बताएका छन् ।
तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुड्दा त्यस क्षेत्र जलमग्न बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्