images
images
images

मिडिया व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको भन्दै अन्नपूर्णका महाप्रबन्धक बस्नेतलाई अमेरिकाबाट सम्मान

images

पूर्वाधार वाच, न्यूर्याक(अमेरिका) ।

मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

‘१५ बर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दुरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रुपमा चिनाउन अतुलनीय योगदान रहेको छ । यसका लागि म बस्नेतलाई सम्मान गर्दछु’ वेप्रिनले लिखित रुपमा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंशा गरेका छन ।

वेप्रिन सन् २०१० मा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए ।

त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन ।

उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटि अफ बैंक, कमिटि अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सको लगायतका राज्यको बिभिन्न कमिटि सदस्य रही काम गरिरहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्