images
images
images

सिंहदरबार ग्यालरी बैठक भवन ‘रेट्रोफिटिङ’को भौतिक प्रगति कति ?

images

पूर्वाधार वाच, काठमाडौं ।

सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज आयोजना गरेको ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनःनिर्माणको प्रगतिको अवस्था विषयक छलफलमा सो जानकारी दिइएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना प्रमुख सुनिलकुमार ठाकुरले भवनको वित्तीय प्रगति पनि २० प्रतिशत भएको जानकारी दिए ।

‘अदालतमा मुद्दा पर्नु, ठक्का रद्ध हुनु लगायतका चुुनौतीका कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न पनि चुनौती छ,’ उनले भने, ‘आयोजनाको काम तीव्र रूपमा अगाडि बढाउनका लागि हामीले चार ओटा सिसी क्यामरासमेत जडान गरेका छौँ ।’

भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का स्म्झौता भएको थियो । वि।सं २०८२ मङ्सिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो । आयोजनाको लागत करिब रु ३९ करोड रहेको छ ।

सांसदहरूले आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी अगाडि बढाउन निर्देशन दिएका थिए । समितिका सभापति मायाप्रसाद शर्मा लगायतका सांसदहरूले भवनको अवलोकन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्