पूर्वाधार वाच, पाल्पा ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्व विशिषटलाई आजिवन सुविधा दिने भन्दै भइरहेकाे हल्लाकाे पछि नलाग्न आग्रह गर्नुभएकाे छ ।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएको हाे । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारकाे कुनै तयारी नभएकाे प्रष्ट पार्नुभयाे ।
यसअघिकाे कुनै सरकारले गरेकाे कुरालाई ल्याएर अहिले हल्ला गरिएकाे उहाँकाे भनाई छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकाे सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएकाे थियाे ।
अहिले त्यस्तै प्रकृतिकाे कानून निर्माणका सरकार लागेकाे भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्ताे तयारी नगरेकाे उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएकाे हाे ।
अहिले सरकारका विरूद्द विभिन्न माध्यमबाट हल्ला फैलाइकाे भन्दै यथार्थ बुझ्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले हल्लाकाे पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयाे।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेकाे अधिकार प्राप्त भएकाे भन्दै कसैले किस्तिमा राखेर नदिएकाे बताउनुभयाे ।
प्राप्त अधिकारकाे रक्षा गर्दै जनताकाे जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेकाे सिंहले बताउनुभयाे। नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले आउँदा चुनाैति सामना गर्न एकतावद्द कांग्रेस बनाउनुपर्नेमा जाेड दिनुभयाे।
`कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्याे । याे गुट त्याे गुट हाेइन एकतावद्द बलियाे कांग्रेस बनाउन लागाैं,´ उहाँले भन्नुभयाे,` कांग्रेसकाे मूल चुनाैति नै पार्टी व्यवस्थापन हाे । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गराैं ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्