पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेसँगै मंगलबार उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा. भीष्मकुमार भूसालले प्राधिकरणमा स्वागत गरेका हुन् ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासहरुमार्फत् जनधनको क्षति कम गर्न आफ्नो जोड दिँदै त्यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्