images
images
images

रेल विभागमा बर्दिबासका स्थानीयको धर्ना, नियम विपरीत मुआब्जा वितरण गरेको आरोप

images

पूर्वाधार वाच, काठमाडौं।

रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् । बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले नियम विपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै वर्दिवासको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिले विभागमा धर्ना दिएको हो ।

बर्दिबासका स्थानीय नीरज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

उक्त समस्या समाधानका लागि रेल विभागका महानिर्देशक अजय मूललगायत विभागका कर्मचारीसँग छलफल भएको तर समस्या समाधान नभएको भन्दै उनीहरूले धर्ना थालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्