images
images
images

लगातार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्